ओमिक्रोनबाट बेलायतमा पहिलो व्यक्तिको मृत्यु, देशभर फैलिने प्रधानमन्त्रीको चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०७८, मंगलवार ०५:५२

काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट बेलायतमा पहिलो पटक मृत्यु भएको पुष्टि भएको छ ।

यसबारे जानकारी दिँदै प्रधानमन्त्री बोरिस जोन्सनले नयाँ भेरियन्टबाट आउने गरेको र मानिसहरूले आफ्नो बुस्टर डोज लिनु राम्रो हुने बताए ।

बोरिस जोनसन लन्डनको खोप क्लिनिकमा गएका थिए । उनले मानिसहरूले ओमिक्रोन हल्का भेरियन्ट हो भनेर सोच्नु नहुने पनि स्पष्ट पारेका छन् ।

बोरिस जोनसनले भने, ‘दुःखको कुरा तर ओमिक्रोनका कारण मानिसहरु अस्पताल पुगेका छन् र यसबाट एक बिरामीको पनि मृत्यु भएको छ।

त्यसैले हामीले भाइरसको यो प्रकार हल्का छ भनेर सोच्नु हुँदैन । हामीले यसको गति हेर्नु पर्छ, जसबाट यो सम्पूर्ण जनसंख्यामा फैलिन सक्छ ।’

सोमबार स्वास्थ्यमन्त्री साजिद जावेदले ओमिक्रोन भेरियन्टबाट संक्रमित १० जनालाई अस्पतालमा भर्ना गरिएको बताएका थिए ।

आइतबार प्रधानमन्त्रीले खोपको नयाँ लक्ष्य यही महिनाको अन्त्यसम्ममा देशका सबै किशोरकिशोरीलाई बुस्टर डोज पु¥याउने बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०