अन्य वर्षहरुको तुलनामा यस वर्ष बढी जाडो हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०७८, सोमबार ०५:५५

काठमाडौं । अन्य वर्षहरुको तुलनामा यस वर्ष सरदरमा भन्दा बढी जाडो हुने हावापानी विश्लेषण शाखाले जनाएको छ । न्युनतम् र अधिकतम तापक्रम समेत सरदरमा भन्दा वृद्धि हुने शाखाकी प्रमुख इन्दिरा कडेँलले जानकारी दिनुभयो ।

आइतबार विहान मात्र जुम्लामा न्युनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस पुगेको छ भने काठमाडौं उपत्यकामा समेत नौ डिग्री सेल्सियसमा रहेको तापक्रम पाँच डिग्री सेल्सियसमा तल झरेको छ ।

यसरी हेर्दा छोटो समयमा चार डिग्री सेल्सियससम्म न्युनतम तापक्रममा सुधार आउनुले यस वर्ष अघिल्लो वर्षभन्दा बढी चिसो हुने पूर्वानुमान शाखाले गरेको छ ।

हिउँद अवधिमा देशको अधिकांश उच्चपहाडी र तराईका भू–भाग तथा सुदूरपश्चिम प्रदेशको धेरैजसो भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी रहेन सम्भावना ४५ प्रतिशत रहेको छ भने बाँकी भू–भागमा न्युनतम तापक्रम सरदर भन्दा बढी रहने सम्भावना ५५ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।

शाखाले मङ्सिर १५ गतेदेखि फागुन १६ गते सम्मलाई हिउँद अवधि मान्ने गरेको छ । यस वर्षको हिउँद अवधिमा प्रदेश नं १ र अन्य प्रदेशका तराईका जिल्लाहरु बाहेकका अधिकांश भू–भागहरुमा अधिकतम् तापक्रम सरदर भन्दा बढी रहने सम्भावना ४५ प्रतिशत रहेको छ ।

बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर र आसपासका जिल्ला, गण्डकी प्रदेशको पर्वत, कास्की र म्याग्दी जिल्लाका धेरैजसो भू–भाग र सुदुरपश्चिम प्रदेशको डडेलधुरा, बैतडी, डोटी र अछाममा तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ प्रतिशत रहेको शाखाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१