वरिष्ठ सौन्दर्यविद गोपिमाया थुलुंग बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मी अवार्डबाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०७८, सोमबार ०५:४३

काठमाडौं। वरिष्ठ सौन्दर्यविद गोपिमाया थुलुंग बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मी अवार्डबाट  सम्मानित हुनुभएको छ । बोस्टर मिडिया तथा राष्ट्रियखबरको नवौं बार्षिकोत्सवको अवसरमा शहरी विकास मन्त्रि रामकुमारी झाक्रीको हातबाट सौन्दर्यविधामा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो । लोकप्रिय संचारमाध्यम राष्ट्रियखबरको नवौं वर्ष प्रवेशको अवसरमा देशका ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहांलाई पूर्व मन्त्री रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट,आयोजक तथा राष्ट्रियखबर एवं बोस्टर मिडियाका प्रमुख मुकुन्द ढुंगाना लगायतको उपस्थितीमा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो ।

सौन्दर्य क्षेत्रको बर्षौ लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप  उक्त अवार्डको लागि छनौट हुनुभएको थियो ।
थुप्रै महिलाहरुलाई रोजगारी प्रदान गर्दै देशको आर्थिक उन्नतीको लागि समेत उहाको महत्वपूर्ण योगदान रहेको छ ।

थुलुंगले लामो समय देखि फेसियल,स्किन मेन्टेन,रिंकल कन्ट्रोल लगायतका विशेष सेवाहरु प्रदान गर्दै आउनु भएको छ । लाखौ सन्तुष्ट ग्राहकहरुको रोजाईमा पर्ने सौन्दर्यविद थुलुंगले ग्राहकको सन्तुष्टीका लागि गुणस्तरीय सेवामा जोड दिदै आउनु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१