महिला उद्यमी मन्जु सिंह उत्कृष्ट महिला उद्यमी अवार्डबाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०७८, आईतवार ११:३७

काठमाडौं । महिला उद्यमी मन्जु सिंह उत्कृष्ट महिला उद्यमी अवार्डबाट सम्मानित हुनु भएको छ ।
बोस्टर मिडिया तथा राष्ट्रियखबरको नवौं बार्षिकोत्सवको अवसरमा शहरी विकास मन्त्रि रामकुमारी झाक्रीको हातबाट सौन्दर्यविधामा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो । लोकप्रिय संचारमाध्यम राष्ट्रियखबरको नवौं वर्ष प्रवेशको अवसरमा देशका ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहांलाई पूर्व मन्त्री रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट,आयोजक तथा राष्ट्रियखबर एवं बोस्टर मिडियाका प्रमुख मुकुन्द ढुंगाना लगायतको उपस्थितीमा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो ।

नेपाली महिला उद्यमीहरुको भिडमा मन्जु सिंह चिर परिचित नाम हो । विगत ३० बर्ष देखि महिला उद्यमी व्यवसायमा आवद्ध सिंह नेपालको फेमस लस्सी संचालक समेत हुनुहुन्छ ।

प्रतिक्रिया