बरिष्ठ सौन्दर्यविद मनिषा जिसी सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०७८, आईतवार ११:०९

बरिष्ठ सौन्दर्यविद मनिषा जिसी क्षेत्री बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा सम्मानित हुनुभएको छ । बोस्टर मिडिया तथा राष्ट्रियखबरको नवौं बार्षिकोत्सवको अवसरमा शहरी विकास मन्त्रि रामकुमारी झाक्रीको हातबाट सौन्दर्यविधामा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो । लोकप्रिय संचारमाध्यम राष्ट्रियखबरको नवौं वर्ष प्रवेशको अवसरमा देशका ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहांलाई पूर्व मन्त्री रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट,आयोजक तथा राष्ट्रियखबर एवं बोस्टर मिडियाका प्रमुख मुकुन्द ढुंगाना लगायतको उपस्थितीमा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो ।

केहि दिन अघि मात्र नेपाल कल्चरल फिल्म फेस्टिवलमा युवा खेलकुद मन्त्रीको हातबाट समेत विशेष सम्मान प्राप्त गर्नुभएकी वरिष्ठ सौन्दर्यविद मनिषाले हालै दुवईमा भएको ग्लोबल अन्तराष्ट्रिय अवार्डमा समेत सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा अवार्ड हात पार्न सफल हुनुभएको थियो । भने स्टार ईन्टरनेशनल अवार्डमा समेत सर्वोत्कृष्ट सौन्दर्यकर्मीको अवार्ड जितिसक्नु भएको छ । थुप्रै महिलाहरुलाई रोजगारी प्रदान गर्दै देशको आर्थिक उन्नतीको लागि समेत उहांको महत्वपूर्ण योगदान रहेको छ । श्रृजनसिल महिला समूह, टोल सुधार समिति, आमा अभियान लगायत थुप्रै सामाजिक संघ संस्थामा आवद्ध वरिष्ठ सौन्दर्यकर्मी जिसीले कमाईको २० प्रतिशत रकम समाजसेवामा खर्च गर्दै आईरहनु भएको छ। सानै उमेरमा विवाह भएको कारण शिक्षा बाट केहि समय वन्चित भए पनि ढिलो गरि शिक्षा आर्जन गरेकोले आफु जस्तै अन्य महिला दिदी बहिनीहरु जो शैक्षिक गतिविधिलाई निरन्तरता दिन सकेका छैनन उनीहरुको शिक्षा आर्जनका लागि विशेष पहल समेत गर्दै आईरहनु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१