कांग्रेसले विकाइरहेका यी चर्चित नेता जसले कुनै पनि पदमा उम्मेदवारी नै दिएनन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०७८, आईतवार ०७:०५

काठमाडौ । नेपाली कांग्रेसका केही चर्चित नेताहरुले १४ औं महाधिवेशनमा कुनैपनि पदमा उम्मेदवारी दिनुभएन ।

उहाँहरुलाई कांग्रेसले वौद्धिक नेताहरु भन्दै विकाइरहेको थियो । गुटको खेलले गर्दा उहाँहरुले कांग्रेसमा उम्मेदवारी नै दिनुभएन ।

सभापतिको दावेदार मानिनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरु चुनावी प्रतिस्पर्धाबाट अलग भएसँगै कांग्रेसको भविष्यमाथी नै प्रश्न उठेको छ ।

 

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि कुनैपनि पदमा उम्मेदवारी दिनुभएन । उहाँले सभापतिमा शेरबहादुर देउवा नेतृत्वको प्यानललाई समर्थन गरेको देखिन्छ ।

पूर्व उपसभापति गोपालमान श्रेष्ठले समेत कुनैपनि पदमा उम्मेदवारी दिनुभएन । यतिमात्र हैन वौद्धिक नेता परराष्ट्रमन्त्री डा. नारायण खड्काले समेत कुनैपनि पदमा मनोनयन दर्ता गराउनुभएन ।

त्यस्तै नेपालको राजनीति वृत्तकै वौद्धिक नेताहरु प्रदीप गिरी र नरहरी आचार्यले पनि केन्द्रीय समितिका कुनै पदमा उम्मेदवारी दिनुभएन । उहाँहरु कांग्रेसमा नआएपछि पछिल्लो पुस्ता समेत चिन्तामा परेको छ ।

प्रतिक्रिया