कांग्रेसको भावी नेतृत्वका लागि ६ जनाको उम्मेदवारी, कुन प्यानलमा को छन् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०७८, आईतवार ०७:०२

काठमाडौं । नेपाली कांग्रेसको भावी नेतृत्वका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । शनिवार ५ बजेसम्म तय गरिएको समयसीमाभित्र ६ नेताले सभापति पदमा मनोनयन दर्ता गराउनु भएको हो ।

वर्तमान सभापति शेरबहादुर देउवा सहित, पूर्व महामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दर्ता गराउनु भएको छ । उपसभापति विमलेन्द्र निधी र युवा नेता कल्याण गुरुङ र युवराज न्यौपानेले प्यानलविना एकल उम्मेदवारी दर्ता गराउनुभयो ।

सभापतिमा यसअघि देउवासँग प्रतिस्पर्धा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला दुवै कांग्रेस नेतृत्वको प्रतिस्पर्धाबाट अलग हुनुभयो ।

पौडेलले शनिवार एक वक्तव्य जारी गर्दै आफू प्रतिस्पर्धाबाट अलग भएको बताउनु भएको थियो । सिटौलाले आफ्नो समर्थन देउवालाई रहे पनि आफू सक्रिय राजनीतिबाट अलग रहने स्पष्ट पार्नुभयो ।

देउवाको समूहबाट उपसभापतिमा विजय कुमार गच्छदार र पूर्ण बहादुर खड्कालाई अगाडि सारिएको छ । त्यसैगरी महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिनु भएको छ ।

सिंहको समूहबाट उपसभापतिमा कोइराला परिवारकी सुजाता कोइरालाले उम्मेदवारी दर्ता गराउनु भएको छ भने महामन्त्रीमा यसअघि सभापति देउवा निकट रहेका विश्वप्रकाश शर्मा उम्मेदवार बन्नु भएको छ । सिंहले सबै पदमा आफ्नो प्यानल बनाउनु भएको छैन ।

कोइराला परिवारका धेरै नेताहरूले सभापतिमा शेखर कोइरालालाई समर्थन गरेका छन् । शेखर कोइरालाको समूहबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी उम्मेदवार बन्नु भएको छ ।

यो समूहको महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल हुनुहुन्छ । थापाले यसअघिको महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।

उपसभापति निधीले समूह नबनाएको बताइएपनि उपसभापतिमा उम्मेदवारी दिएका दिब्येश्वरी शाह र महामन्त्रीका उम्मेदवार राजाराम कार्कीले निधीको समूहबाट उम्मेदवार बनेको दावी गर्नुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१