प्रदेश पदाधिकारी र प्रदेश सदस्यको संख्या बढाउने माओवादी केन्द्रको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०७८, शुक्रबार ०५:२४

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । बिहीबार (आज) बसेको स्थायी समितिको बैठकले पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्‍याउने निर्णय गरेको हो ।

स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

अब माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहनेछन् । बैठकले प्रदेश समितिको आकार पनि बढाएको हो ।

प्रवक्ता महराका अनुसार अब प्रदेश १ मा २६९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बनीमा २५३, कर्णालीमा २२१ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश समिति बन्नेछ ।

यस्तै आज बसेको बैठकले पम्फा भुसालको नेतृत्वमा महिला विभाग बनाएको छ भने पार्टी प्रवेश गर्न चाहनेहरुसँग वार्ता गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको समिति बनाएको प्रवक्ता महराले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१