अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट हुँदा दुई दाँच भाँचिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०७८, बुधबार ०५:५३

काठमाडौं । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच मंगलबार कुटाकुट भएको छ । सप्तरीको छिन्नमस्ता गाउँ कार्यपालिकाको बैठकका क्रममा अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको हो ।

अध्यक्ष मण्डलको दुईवटा दाँच भाँचिएको छ । वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र यादवका अनुसार किसानलाई गहुँको बिऊ वितरण गर्ने विषयमा उनीहरुबीच विवाद भएको थियो ।

सोही विषयमा भनाभन भएपछि उपाध्यक्षले कुर्सी उठाएर अध्यक्षमाथि प्रहार गरेका हुन् । त्यही क्रममा झडप हुँदा अध्यक्षज्यूको दुई वटा दाँत भाँचिएको छ ।

जानकारी अनुसार किसानका लागि अनुदान अन्तर्गतको गहुँको बिउ वितरणबारे गाउँ कार्यपालिका कार्यालयमा विवाद हुँदा दुई जनप्रतिनिधिबीच हात हालाहाल भएको हो ।

गहुँ बिउ वितरणको स्थान र प्रक्रियाबारे बैठकमा विवाद हुँदा अध्यक्षले आफूलाई अपशब्द प्रयोग गर्दै हात समाई अभद्र व्यवहार गरेपछि प्रतिकार गरेको उपाध्यक्ष उषाकुमारी मण्डलले जानकारी दिनुभयो ।

गाली गलौज गर्दै हात समाई साडी खोलिदिने भन्दै अभद्र व्यवहार गरेपछि प्रतिकार गरेको उपाध्यक्ष मण्डलले तर्क गर्नुभयो । आफ्नो इज्जत जोगाउन प्रतिकार गर्दा कता लाग्यो के भयो भन्ने जानकारी नभएको बताउनुभयो ।

उपाध्यक्षले अध्यक्षको आक्रमणबाट हातका चुरा फुटेको र चोट लागेको समेत उहाँले उल्लेख गर्नुभयो । छिन्नमस्ता गाउँपालिकामा पछिल्लो २ आर्थिक वर्षदेखि गाउँसभा हुन नसक्दा विकास निर्माणका काम पनि ठप्प छन् ।

कर्मचारीले समेत महिनौंदेखि तलब खान पाएका थिएनन् । एक साताअघि मात्रै गत आर्थिक वर्षको गाउँसभा भएको थियो । तर अध्यक्ष र उपाध्यक्षबीच बजेट वितरणलाई लिएर सार्वजनिक रुपमै विवाद हुँदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१