बेष्ट हेयर एक्स्पर्ट अवार्डबाट दीपा कार्की  (गोमा) दुबइमा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ मंसिर २०७८, आईतवार ०६:४०

काठमाडौं । पोखराकी सौन्दर्यकर्मी दीपा कार्की  (गोमा) अन्तराष्ट्रिय अवार्डबाट सम्मानित हुनु भएको छ । हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको विशेष समारोहमा युएई रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वेको हातबाट उहाँले  बेष्ट हेयर एक्स्पर्ट अवार्ड हात पार्नु भएको हो । नेपाली सौन्दर्यकर्मीहरुको भिडमा  कार्की   चिर परिचित नाम हो । विगत लामो समयदेखि सौन्दर्य व्यवसायमा आवद्ध कार्की गृष्मा व्युटी केयर पार्लर एंड ट्रेनिंग संचालक समेत हुनुहुन्छ ।

सौन्दर्यकर्मी कार्कीलाइ सौन्दर्य  व्यवसायका  क्षेत्रमा ठुलो योगदान पु¥याएको भन्दै  यो अवार्डले सम्मानित गरिएको आयोजक ठाकुर प्रसाद ढुंगानाले बताउनुभयो ।
दुबईमा भएको भव्य समारोह ठाकुर प्रसाद ढुंगानाको सभापतित्वमा र  रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१