महिला उद्यमी मंजु सिंह अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ मंसिर २०७८, बिहीबार ०६:४४

काठमाडौं । महिला उद्यमी मंजु सिंह अन्तराष्ट्रिय अवार्डबाट सम्मानित हुनु भएको छ । हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको विशेष समारोहमा युएई रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वेको हातबाट उहाँले  महिला उद्यमीको तर्फबाट सोसल अवार्ड हात पार्नु भएको हो । नेपाली महिला उद्यमीहरुको भिडमा मंजु सिंह  चिर परिचित नाम हो । विगत ३० बर्ष देखि महिला उद्यमी व्यवसायमा आवद्ध सिंह नेपालको फेमाउस लस्सी  संचालक समेत हुनुहुन्छ ।

नेपाली महिला व्यवसायका  क्षेत्रमा ठुलो योगदान पु¥याएको भन्दै  यो अवार्डले सम्मानित गरिएको आयोजक ठाकुर प्रसाद ढुंगानाले बताउनुभयो ।
दुबईमा भएको भव्य समारोह ठाकुर प्रसाद ढुंगानाको सभापतित्वमा र  रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।No description available.No description available.

प्रतिक्रिया