विमानको ल्यान्डिङ गियरमा बसेर यी व्यक्तिले यात्रा पूरा गरे !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ मंसिर २०७८, बुधबार ०६:४८

काठमाडौं । धेरै मानिसहरू जहाजमा उडानको सपना देख्छन् ।

मान्छेहरु आफ्नो पहिलो यात्रालाई यादगार बनाउनको लागि, विभिन्न कामहरू गरिरहेका हुन्छन् ।

तर कल्पना गर्नुहोस् कि यदि कुनै व्यक्ति विमानको ल्यान्डिङ गियरमा बसेर यात्रा गर्छ भने के हुन्छ ? यस्तै एउटा घटना अमेरिकाबाट बाहिर आएको छ ।

त्यहाँका एक व्यक्तिले विमानको ल्यान्डिङ गियर नजिकै बसेर यात्रा गरेका हुन् । ती व्यक्तिको तस्विर पनि भाइरल हुँदैछ ।

वास्तवमा यो घटना अमेरिकन एयरलाइन्समा देखा परेको हो । ‘न्यूयोर्क टाइम्स’ को रिपोर्ट अनुसार ग्वाटेमालाबाट मियामीको उडानमा ती व्यक्ति विमानभित्र नभई विमानको ल्यान्डिङ गियरमा बसेका थिए ।

जब उनी बसे, मानिसहरूले उनलाई देख्न सकेनन् । यति मात्र होइन, विमान करिब दुई घण्टा ३० मिनेटसम्म हावामा रह्यो ।

त्यो समयमा ती व्यक्ति विमानमा नै रहेका थिए । अचम्मको कुरा त के छ भने ती व्यक्ति त्यहाँबाट हल्लिएन । विमान मियामीमा अवतरण गर्ने बित्तिकै मानिसहरू तल ओर्लन थाले र एयरपोर्टका कर्मचारीहरू काममा लागे ।

त्यसपछि अचानक एक कर्मचारीको नजर ती व्यक्तिमाथि पर्यो । ल्यान्डिङ गियरमा उनी खुम्चेर बसिरहेका थिए ।

दुईजना कर्मचारीले उनलाई त्यहाँबाट निकालेर अस्पताल पुर्याए, उनको अवस्था सामान्य रहेको बताइएको छ ।

समाचार अनुसार ग्वाटेमालाबाट मियामी पुग्न विमानलाई करिब दुई घण्टा ३० मिनेट लाग्यो ।

त्यतिन्जेल ती व्यक्ति ३३ हजार फिटको उचाइमा ल्यान्डिङ गियर नजिकै बसिरहेका थिए । उनको तस्बिर सार्वजनिक हुनेबित्तिकै उनी कसरी बाँचे भन्ने देखेर मानिसहरु छक्क परेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१