वरिष्ठ सौन्दर्यकर्मी सुमीत्रा  श्रेष्ठ अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ मंसिर २०७८, मंगलवार १३:४८

नेपालकी वरिष्ठ सौन्दर्यकर्मी सुमीत्रा  श्रेष्ठ अन्तराष्ट्रिय अवार्डबाट सम्मानित हुनु भएको छ । उहाँले हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएई रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथी हरुको हातबाट उक्त अवार्ड प्राप्त गर्नु भएको हो ।

वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । नेपालबाट विविध प्रक्रिया सम्पन्न गरि छनौटमा परेर दुवईमा भएको उक्त अन्तराष्ट्रिय अवार्डमा सर्वोत्कृष्ट सौन्दर्य विशेषज्ञ विधाबाट अवार्ड श्रेष्ठले अवार्ड पाउनु भएको हो  । सौन्दर्य क्षेत्रको बर्षौ लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप उहाँ  नेपालबाट उक्त अवार्डको लागि छनौटमा परि विदेशमा सम्मानित हुनुभएको थियो  ।
थुप्रै महिलाहरुलाई रोजगारी प्रदान गर्दै देशको आर्थिक उन्नतीको लागि समेत उहाको महत्वपूर्ण योगदान रहेको छ ।

समाज सेवामा सधै अग्रसर रहने उहाले हजारौलाई युवती तथा महिलाहरुलाई व्युटिसियन तालीम प्रदान गरि स्वरोजगार बनाउदै आउनु भएको छ  ।
बज्र ब्युटीपार्लर तथा ट्रेनिंग सेन्टरकी संचालक श्रेष्ठले लामो समय देखि फेसियल,स्किन मेन्टेन,रिंकल कन्ट्रोल लगायतका विशेष सेवाहरु प्रदान गर्दै आउनु भएको छ । लाखौ सन्तुष्ट ग्राहकहरुको रोजाईमा पर्ने सौन्दर्यविद श्रेष्ठ  ग्राहकको सन्तुष्टीका लागि गुणस्तरीय सेवामा जोड दिदै आउनु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१