वरिष्ठ सौन्दर्यकर्मी सुमित्रा रञ्‍जित अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ मंसिर २०७८, मंगलवार १२:३०

काठमाडौं । वरिष्ठ सौन्दर्यकर्मी सुमित्रा रञ्‍जित अन्तराष्ट्रिय अवार्डबाट सम्मानित हुनु भएको छ । हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको विशेष समारोहमा युएई रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वेको हातबाट उहाँले  बरिष्ठ सौन्दर्य कर्मी अवार्ड हात पार्नु भएको हो । नेपाली सौन्दर्यकर्मीहरुको भिडमा सुमित्रा रञ्‍जित  चिर परिचित नाम हो । विगत ३० बर्ष देखि सौन्दर्य व्यवसायमा आवद्ध रञ्‍जित व्युटी सेक्रेटकि संचालक समेत हुनुहुन्छ ।

सौन्दर्यकर्मी तालिम तथा नेल हेयर र स्किन बिशेषज्ञ रञ्‍जितलाइ सौन्दर्य  व्यवसायका  क्षेत्रमा ठुलो योगदान पु¥याएको भन्दै  यो अवार्डले सम्मानित गरिएको आयोजक ठाकुर प्रसाद ढुंगानाले बताउनुभयो ।
दुबईमा भएको भव्य समारोह ठाकुर प्रसाद ढुंगानाको सभापतित्वमा र  रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१