नुवाकोट कांग्रेसको सभापतिमा रमेश महत विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०७८, आईतवार ०६:५८

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेशकुमार महत विजयी भएका छन् ।

मतगणनामा महतले आफुना प्रतिस्पर्धी डा. केदारनरसिंह केसीलाई १० मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।

कूल एकहजार ७ सय ६८ मतदातामध्ये एक हजार ७ सय ४७ मत खसेको थियो । विजयी भएका महत नेपाली कांग्रेस नुवाकोटका महासमिति सदस्य तथा नेपाली कांग्रेस नुवाकोटका युवा नेता हुन् । उनलाई नेपाली कांग्रेसका नेताहरु डा.रामशरण महत, डा. प्रकाशशरण महत तथा संघिय सांसद बहादुरसिंह लामाको साथ पाएका थिए ।

सभापतिका अर्काे उम्मेद्धवार केसीलाई जगदीश्वर नरसिंह केसीको साथ पाएका थिए ।  जिल्लाको २ क्षेत्र र ४ वट्टै प्रदेशसभा कब्जा जमाएको महत–लामा समुहले केसी समुहलाई जिल्लामा निल गराएसँगै वर्तमान जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको बाग्मति प्रदेश सभापति बन्ने लक्ष्य समेत संकटमा परेको  छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१