२ लाख डलर सहित पोखराबाट १ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०७८, आईतवार ०६:३०

पोखरा । कास्की प्रहरीले ठुलो मात्रामा अमेरिकी डलरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौँबाट पोखराका लागि आउँदै गरेको माइक्रो बसबाट प्रहरीले एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुस्ताङको लो घेकर दामोदर कुण्ड घर भइ पोखराको शिवालय चोकका छिरिङ डुन्डुक गुरुङ छन् । प्रहरीले बरामद गरेको रकम दुई करोड ३२ लाख ६ हजार नेपाली रुपैयाँ हुन्छ । कास्की प्रहरीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले उनी बारे थप अनुसन्धान भइरहेको बताएका छन् ।

“विगतको गतिविधि हेर्दा काठमाडौँबाट ठुलो मात्रामा डलर लिएर गाडीमार्फत पोखरा आउने र प्लेन चढेर काठमाडौँ जाने गरेको खुलेको छ । अरु अनुसन्धान भइरहेको छ,” उनले भने ।

डलर बोकेर आएको भन्ने गोप्य सूचनाको आधारमा गुरुङलाई वडा प्रहरी कार्यालय गगनगौंडाले पक्राउ गरेको हो । उक्त रकम केका लागि ल्याइएको र कहाँ लगानी हुँदै थियो भन्ने प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१