चिसो बढेपछि बाजुरा, हुम्ला र मुगुवासी बेसी झर्न थाले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ मंसिर २०७८, बुधबार ०६:१८

बाजुरा । बाजुराको उत्तरी क्षेत्र, हुम्ला, र मुगुका स्थानीय चिसोका कारण बेसीतिर झर्न थालेका छन् । हिमाली क्षेत्रमा चिसो बढेपछि स्थानीय परिवारसहित भेडा, च्यांग्रा, गाईबस्तु लिएर औलतिर झरेका छन् ।

यहाँका स्थानीयहरू सधैँ हिउँदको समयमा जाँडो छल्न औलतिर लाग्ने गरेका छन् । हिमपातसँगै चिसो बढेपछि कात्तिकको अन्तिम सातादेखि बेसी झर्न लागेको स्थानीय गोलु भोटेले बताएका छन् ।

चिसो सुरु भएपछि दुई सातादेखि हिमाली भेगका प्रायःजसो बस्तीहरूमा हिमपात भई जाडो बढ्ने भएपछि बेसीतिर लागेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१