न्यायाधीशहरुको बारलाई जवाफ : प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ मंसिर २०७८, बुधबार ०६:११

काठमाडौं । सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्नेमा आफुहरु एकमत रहेको जजाफ दिएका छन् । नेपाल बारसँग आज (मंगलबार) दिउँसो भएको छलफलमा न्यायाधीशहरूले प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्नेमा एकमत रहेको जवाफ दिएका हुन् ।

छलफलमा उनीहरुले आफुहरुको प्रधानन्याधिशको राजीनामा नै बटमलाईन भएको स्पष्ट पारेका हुन् । न्यायाधीशरुले प्रधानन्याधीशहरुले राजीनामा दिनुपर्ने, तत्कालका लागि प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने लगायतका विषयमा पनि आफुहरुको एकमत रहेको उनीहरुले जवाफ दिएका छन् । बारसँगको छलफलमा सर्वोच्च अदालतका १३ जना न्यायाधीशहरु सहभागी थिए ।

आन्दोलनरत न्यायाधीशहरुले गोलाप्रथा प्रणालीबाट पेसी तोक्न सुरु गरिए मुद्दाको सुनुवाइमा जाने अवस्था आउने बताए । न्यायाधीशहरुले आन्दोलनसँगै मुद्दाको सुनुवाइलाई पनि अगाडि बढाउनुपर्ने अवस्था सिर्जना हुन पनि उनीहरुको भनाइ छ ।

उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको अजेण्डाबाट भने पछि नहट्ने बताए । उनीहरुले प्रधानन्यायाधीश राणाले गोलाप्रथा लागू गर्ने सम्बन्धमा अदालतको पूर्ण बैठक (फूल कोर्ट) बोलाएमा सहभागी हुने बताए ।

मंगलबार चार जना न्यायाधीश नियमित इजलासमा फर्केका थिए । त्यस्तै छलफलमा न्यायधिशहरुले नागरिक सेवाबाट बञ्चित हुनुपरेकोमा चिन्तित भएको भन्दै न्यायलयको सुधारका लागि आफुहरुले पनि पहल गर्ने बताएको उपाध्यक्ष उपाध्यक्ष रक्षा बस्यालको भनाई छ । आफुहरुले प्रधानन्याधिशको राजीनामा नै बटमलाईन भएको स्पष्ट पारेको उनको भनाई छ । छलफलमा बारका उपलव्ध पदाधिकारी, सर्वोच्च बारका अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै न्यायधिशहरुको सहभागी रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१