मन्त्रीलाई नेपालको निर्देशन: ‘नैतिकता र आचरणमा रहेर जनताको काम गर्नुस्’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ कार्तिक २०७८, आईतवार ०६:३३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष माधव कुमार नेपालले मुख्यमन्त्री र मन्त्रीहरुलाई इमान्दार पूर्वक जनताको काम गर्न निर्देशन दिएका छन् । पार्टीको दास्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नैतिकता र आचरणमा रहेर जनताको सेवामा समर्पित हुन निर्देशन दिएका हुन् ।

हेरिटेज गार्डेनमा सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीको मुख्यमन्त्री र मन्त्रीहरुलाई यस्तो निर्देशन दिएका हुन् । उनले टोल र वडासम्म पार्टी संगठन विस्तार गर्न निर्देशन दिँदै सोही अनुसार मूल्याङ्कन गरिनेसमेत बताए ।

आगामी चैत महिनामा हुने स्थानीय तहको निर्वाचनमा सबै तहमा उम्मेदवारी दिने भन्दै त्यसको तयारी गर्नसमेत नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१