राष्ट्रिय आकांक्षा पूरा गर्ने शक्ति एमाले मात्रै हो : ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ कार्तिक २०७८, आईतवार ०६:३१

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याइयो भन्ने सपना नदेख्न चेतावनी दिएका छन् । थप सुदृढ भएर एमाले सकिएको भ्रम पाल्नेहरुलाई जबाफ फर्काइरहेको ओलीको भनाइ छ ।

१०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोटका अवसरमा आज एक भिडियो सन्देश दिँदै अध्यक्ष ओलीले भनेका छन्,“संघर्ष र स्वाभिमानको झन्डा बोकी, लोकतन्त्रको बहाली तथा सुखी जीवनका लागि समाजवादको आधार खडा गर्ने यस महान अभियानका हामी पटक–पटक लड्यौँ, घाइते भयौँ, तर फेरि उठ्यौँ र धुलो टक्टकाउँदै अघि बढ्यौँ ।”

अध्यक्ष ओलीको सन्देशमा माओवादी केन्द्रसँगको पार्टी एकताको र विभाजनको पृष्ठभूभि केलाइएको छ । एकताका नाममा पार्टीलाई गलत दिशामा धकेल्ने दुष्प्रयास भएको स्मरण गरेका छन् । “एकता प्रकृयापछि पार्टीको शीर्ष तह– सचिवालयमा पुगेका अराजक दक्षिणपन्थी अवसरवादीहरूद्वारा एकीकरणलाई पूर्णता दिने हैन, पार्टी ‘कब्जा’ गर्ने र पार्टीलाई गलत दिशामा धकेल्ने दुष्प्रयास आरम्भ गरियो,” अध्यक्ष ओलीको मन्तव्यमा भनिएको छ ।

दशौँ महाधिवेशनले एमालेले अघि बढाइआएको पार्टी निर्माण, विस्तार र एकता प्रकृयालाई नयाँ उचाइ प्रदान गर्ने अध्यक्ष ओलीको विश्वास छ । अध्यक्ष ओलीले भनेका छन्, “हाम्रो प्रिय पार्टी नेकपा (एमाले)लाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्नेछ ।’

प्रतिक्रिया