बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्ने स्वतन्त्र कानुन व्यवसायीको चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ कार्तिक २०७८, मंगलवार ०५:२६

काठमाडौँ । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायीमा आबद्ध वकिलहरुले नेपाल बार एसाेसिएसन अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालावन्दी गर्ने चेतावनी दिएका छन् ।

प्रधानन्याधिशको राजीनामा माग गर्दै नेपाल बारले गरेको आन्दोलन अपूर्ण भएको भन्दै उनीहरुले मंगलबार बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालावन्दी गर्ने चेतावनी दिएका हुन् ।

प्रधानन्यायाधीशले राजीनामा दिने भन्दा पनि महाअभियोग लगाएर कारबाही गर्नुपर्ने उनीहरुको भनाइ छ । बारले आन्दोलन अपूर्ण रहेको र यसलाई पूर्ण गर्नका लागि स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायीहरुले मंगलबारबाट तालावन्दीसहित विरोध गर्ने स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानका महासचिव कृष्ण प्रसाईंले बताए ।

उनीहरुले न्यायलयमाथिको राजनीतिक हस्तक्षेपको विरोधमा संघर्ष जारी रहने जनाएका छन् । यसअघि पनि उनीहरुले सेतोपट्टी बाँधेर प्रधानन्यायधीशको राजीनामाले मात्र समस्या समाधान नहुने बताउँदै आएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१