अनलाइन कक्षाका कारण आँखामा समस्या, टाउको दुख्ने र मानसिक तनावमा वृद्धि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ कार्तिक २०७८, आईतवार ०५:३५

काठमाडौं । कोरोनाका कारण अधिकांश स्कूल तथा कलेज बन्द अवस्थामा छन् । यो नेपालको मात्रै समस्या होइन, संसारका अधिकांश देश नै कोरोनाको कहरमा फसेको छ ।

धेरै जसो स्कूल तथा कलेजले गत वर्षदेखि नै अनलाइन क्लास चलाइरहेका छन् । यसको प्रभावकारीताका विषयमा पटक पटक प्रश्न पनि उठेको छ । कक्षा के कति प्रभावकारी भयो भन्ने बारेमा उत्तिकै चासो र चिन्ता पनि रहेको छ । जानकारहरुका अनुसार अनलाइन कक्षा सोचेअनुसार प्रभावकारी बन्न सबेको छैन ।

एक खोज अनुसार अनलाइन क्लासमा जोडिएको ५५ प्रतिशत बढी बालबालिका समस्यामा परेका छन् । महामारी लामो समयसम्म रहँदा अनलाइन क्लासका कारण कक्षा ४ देखि १२ कक्षासम्मका विद्यार्थी तनावमा परेका छन् ।

उनीहरुमा आँखाको समस्या, अनिद्राका कारण हैरान भएका छन् । भारतको लखनऊमा गरिएको एक सर्वेक्षण अनुसार अधिकांश बालबालिकामा मानसिक समसया एवम् अनिद्राको समस्या बढी मात्रामा देखिएको छ । अध्ययन नेपालको सीमा जोडिएको लखनऊमा गरिएको थियो । सर्वेक्षणमा ४४५४ मानिस सहभागी थिए ।

त्यसमा विभिन्न फरक फरक विद्यालयका ३ हजार विद्यार्थी, १ हजार अभिभावक र १५४ शिक्षक सहभागी थिए । उनीहरुलाई अनलाइन कक्षाको फाइदा र नोक्सानीको बारेमा सोधिएको थियो । सर्वेक्षणमा सहभागी ५४ देखि ५८ प्रतिशत विद्यार्थीले आँखामा बढी समस्या देखिएको बताएका थिए ।

यस्तै टाउको दुख्ने, थकाइ लाग्ने जस्ता समस्या देखिएको बताएका थिए । यस्तै, ५० प्रतिशतले तनाव बढी भएको बताएका थिए । २२.७ प्रतिशतले अनिद्राको कारण समसय भएको बताएका थिए ।

सर्वेक्षणमा सहभागी भएकामध्ये ६५ प्रतिशत विद्यार्थीका अनुसार अनलाइन कक्षामा शिक्षकसँग अन्तरक्रिया गर्ने अवसर नपाएको बताए भने सबैले एकै साथ देख्न नपाउँदा समेत कक्षा प्रभावकारी नभएको गुनासो गरेका थिए । यस्तै विद्यार्थीले कन्फिडेन्सको मात्रामा कमी आएको तथा मोटिभेसन प्राप्त हुन नसकेको गुनासो गरेका थिए ।

सर्वेक्षणमा भनिए अनुसार कोरोनाका कारण घरमै बसेर अनलाइन कक्षा लिँदा समस्या मात्रै नभई सकारात्मक लाभ समेत प्राप्त भएको बताएका थिए । उनीहरुले शिक्षक र विद्यार्थीबीच प्रविधिको सहायताले जोडिन पाउँदा विद्यालय जाने वा आउने जस्ता समय अन्य रचनात्मक काममा खर्च गर्न पाइएको बताएका थिए ।

सर्वेक्षणमा सहभागी भएका ६० प्रतिशत विद्यार्थीले अतिरिक्त समयमा अन्य काम गर्न पाउँदा सहज भएको उत्तर दिएका थिए । परिवारका साथ बस्दा छुट्टै आनन्द भएको समेत उनीहरुको भनाइ छ ।

अनलाइन क्लासमा बस्दा समस्या भए त्यसको उपचार पनि रहेको आँखा विशेषज्ञ डा. विनिता रामनानीले बताएकी छिन् । उनले विद्युतीय सामग्रीको अत्यधिक प्रयोग नगर्न एवम् बेलाबेलामा चिसो पानीले आँखा र अनुहार धुन सल्लाह दिएकी छिन् ।

मोबाइलबाट निस्कने निलो प्रकाशका कारण आँखाको रोशनीमा समस्या पार्ने भन्दै अनलाइन क्लासमा बस्दा लगातार मोबाइल वा विद्युतीय सामग्रीमा हेरिरहन नहुने तथा एकछिन्, बाहिर हेर्न समेत सुझाव दिइएको छ ।

निलो प्रकाशले खराब असर गर्ने भएकाले त्यसबाट बच्ने उपाय अपनाउन समेत सुझाव दिइएको छ । बच्चा र विद्युतीय सामग्रीको दुरी राख्न तथा पटक–पटक चिसो पानीले आँखा धुन सुझाव दिइएको छ ।

विद्युतीय सामग्री हेर्दा टाउको गहुङ्गो हुने तथा थकान महसुस हुनसक्छ । त्यस्तो बेलामा खाली समयमा हिँडडुँल गर्न वा वरपर हेर्न सुझाव दिइएको छ । यस्तै बारम्बार पानी पिउन तथा योग वा आँखाको व्यायाम गर्न पनि जानकारले सल्लाह दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०