कुलंगार छोरो : बाबुआमालाई काटेर मासु पकाएर खायो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ आश्विन २०७१, सोमबार ०९:२७

राक्षस सन्तान भएपछि कसको के लाग्छ ? हंगकंगमा एक कपूत छोरोले आफ्नै बाबुलाई काटेर उनीहरुको मासु खाएको छ । आफ्ना ६५ वर्षका बुवा चाउ विंग की र ६२ वर्षकी आमा सिउ उएट यी लाई मार्नका लागि त्यो कपूतले आफ्ना साथीहरुको सहयोग लिएको थियो ।son-kaput

ती वृद्धवृद्धा हराएको केही दिनपछि गएको मार्चमा उनीहरुकै अपार्टमेन्टमा रहेको रेफ्रीजेरेटरमा उनीहरुको काटिएको टाउको प्रहरीले फेला पारेपछि हत्यामा उनीहरुकै छोरो संलग्न रहेको खुलासा भएको थियो । टाउको बाहेकका अन्य अंगको मासु पकाएर लञ्चबक्समा भातसँगै प्याक गरेको अवस्थामा फोहोर फ्याँक्ने भाँडोमा भेटिएको थियो ।

बाबुआमाको त्यस्तो नृसंस हत्या गरेर मासु खाने धृष्टता गर्ने निर्दयी कपूतको नाम हेनरी चाउ हो, जो ३० वर्षको छ । उसलाई उसको साथी सी चुन केइले साथ दिएको थियो । अदालतमा चाउले बाउ आमा मारेको आरोप स्विकार गरेपनि सहयोगी चुनले पनि आरोप अस्विकार गर्दै आफु निर्दोष रहेको दाबी गरेको छ ।

प्रहरीका अनुसार चाउले आफ्ना बाउआमा मार्नका लागि महिनौँदेखि योजना बनाएको थियो र साथी सँग मिलेर चक्कु, रेपि|mजेरेटर, माइक्रोवेभ ओभन तथा राइस कुकुर किनेर राखेको थियो । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१