धनतेरसको दिन भुलेर पनि किन्नु हुदैन यि सामान, मानिन्छ अशुभ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ कार्तिक २०७८, मंगलवार ०४:५३

काठमाण्डौँ । नेपालीहरुको महान चाड तिहार नजिकिदो छ । कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशी तिथिमा धनतेरस मनाइन्छ । धनतेरसमा सामान किनमेलले बिशेष महत्व राख्छ । यस्तो मान्यता छ कि धनतेरसको शुभ दिनममा सुन, चाँदी र भाडा किन्दा पुरै बर्षभरि सम्पन्नता बनिराख्दछ । धनतेरसमा के किन्नु पर्दछ । यो त सबैलाई थाहा छ । तर के तपाईलाई थाहा छ धनतेरसको दिन के किन्नु् हुदैन ?

जानौ धनतेरसको दिन कुन कुन सामान किन्नु हुदैन :
फलामको सामान
धनतेरसमा फलामबाट बनेको सामान किन्नु हुदैन । यो दिन फलामबाट बनेका सामान घर ल्याउदा राहु ग्रहको अशुभ छायाँ पर्ने धार्मिक विश्वास रहेको छ । राहुको नजर पर्ने वित्तिकै चिन्ताहरु बढ्न थाल्दछ ।

काँचको सामान
काँचको सामानको सम्बन्ध पनि राहु ग्रहसँग हुन्छ । यसकारण धनतेरसको दिन काँचको सामान किन्नु भनेको समस्या उब्जाउनु हुन्छ ।

स्टिलका सामान
धनतेरसको दिन भाडाकुडा किन्ने प्रचलन परापुर्वक कालदेखी चल्दै आएको छ । स्टील पनि फलामको दोस्रो रुप हो यसकारण भनिने गरिएको छ कि स्टीलको सामान पनि धनतेरसको दिन किन्नु हुदैन । स्टीलको सट्टा तामा तथा चाँदीको सामान किन्नु पर्दछ ।

कालो रंगको सामान
धनतेरसको दिन कालो रंगको सामान घर ल्याउनबाट बच्नु पर्दछ । धनतेरस एउटा ठुलो शुभ दिन हो जबकि कालो रंग सधै दुर्भाग्यको प्रतिक मानिन्छ यसकारण धनतेरसमा कालो रंगको सामान खरिद गर्नबाट बच्नुहोस् ।

धारिलो हतियार
धनतेरसको दिन यदि तपाई सामान खरिदको लागी निस्कनु भएको छ भने चक्कु, कैचि तथा अन्य धारिलो हतियार खरिद गर्नबाट बच्नु पर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१