पुरुष महिला दुबैले प्रयोग गर्न मिल्ने कण्डम अब बजारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ कार्तिक २०७८, सोमबार ०६:०५

एजेन्सी । एक मलेसियन गाइनोकोलोजिस्ट कम्पनीले संसारकै पहिलो पुरुष र महिला दुबैले प्रयोग गर्न मिल्ने कण्डम बनाएको छ । यो कन्डम मेडिकल ग्रेड मटेरियलको प्रयोग गरेर बनाइएको बताइएको छ । यसलाई चोटपटक हुँदा प्रयोग गर्ने गरिन्छ ।

वण्डालिफ नाम दिइएको यस कण्डमले प्रजनन स्वास्थ्यका लागि तथा जन्मदर नियन्त्रणका लागि प्रयोगका लागि फलदायी हुने बताइएको छ । यसलाई महिलाको योनी र पुरुषको लिङ्ग दुबैमा सहजै प्रयोग गर्न सकिने गाइनोलोजिस्ट जान ताङले बताए । उनका अनुसार यो अन्य कण्डम जस्तै सामान्य कण्डम हो ।

झण्डै ४ डलर पर्ने यो कण्डम एउटा बट्टामा दुईवटा हुन्छन् । यो पातलो र लचकदार हुनका साथै बलियो र पानी नपस्ने रहेको छ । टाङ भन्छन्, ‘तपाईंले यसलाई प्रयोग गर्नुभयो भने केही लगाइएको छ जस्तो पनि लाग्दैन ।’ उनका अनुसार यो कण्डमको धेरै पटक क्लिनिकल परीक्षण भएको र यसलाई व्यवसायिक रुपमा आगामि डिसेम्बरबाट बजारमा ल्याइने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१