एम्नेष्टी इन्टरनेशनल नेपाल समुह ५३  मिडिया ग्रुपको प्रशिक्षण कार्यक्रम सम्पन ( फोटो र भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०७८, आईतवार ०६:३०

एम्नेष्टी इन्टरनेशनल नेपाल समुह–५३  मिडिया ग्रुपले नयाँ सदस्यहरुलाई प्रशिक्षण गरेको छ । एम्नेष्टी इन्टरनेशनल नेपाल समुह ५३  मिडिया ग्रुपको स्थापना दिवसको अवसर पारेर नयाँ सदस्यलाई एम्नेष्टी र यसले गर्ने कामका बारेमा प्रशिक्षण गरिएको हो ।
शुक्रबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा समुहका पूर्व संयोजक तथा ग्रुप सचिवालय प्रमुख  मुकुन्द ढुंगानाले कार्यक्रमको संयोजन गर्नुभएको थियो । ढुंगानाले स्वागत मन्तब्य राख्दै एम्नेष्टी इन्टरनेशनल नेपालको मातहतमा रही काम गर्नेगरी समुह ५३ मिडिया ग्रुप २०७२  मा स्थापना गरिएको थियो ।
एम्नेष्टी इन्टरनेशनलको अप्रिल २८, १९६१ मा बेलायतमा स्थापना भएको थियो । अभिव्यक्ति स्वतन्त्रताको विषयमा आवाज उठाएका दुई जनालाई त्यहाको सरकारले थुनामा राखेपछि वेलायतका वकिल पिटर वेन्सनले एक पत्रिकामा आम माफि सम्बन्धि लेख लेख्नुभएको थियो । उक्त लेखका माध्यमबाट वेलायत सहित अन्य देशमा समेत अप्रिल फर एम्नेष्टी (आम माफी) अभियान सुरु भयो । उक्त अभियानमा जोडिएकाहरुले वेल्जियम सम्मेलनको आयोजना गरे र सोही वेल्जियम सम्मेलनले उक्त अभियानलाई मानव अधिकारको क्षेत्रमा वकालत गर्नेगरी एम्नेष्टी इन्टरनेशनल स्थापना गरेका हुन् ।
त्यसपछि अन्य राष्ट्रहरुले पनि एम्नेष्टी इन्टरनेशनललाई मान्यता दिन थाले । त्यतिवेला संयुक्त राष्ट्रसंघ, युनेस्को, युरोपियन युनियन लगायतका देशहरुले एम्नेष्टीलाई सल्लाहकारको रुपमा समेत राखेका थिए ।

नेपालमा भने एम्नेष्टी सन् १९७९ मा भित्रिएको हो । नेपालमा नुतन थपलियाले सन् १९७९ मा एम्नेष्टी इन्टरनेशनल नेपाल स्थापना गरेपछि विविध कारणले १९८२ मा मान्यता खारेज भयो । पछि नेपालको राजनैतिक व्यबस्था परिवर्तन भएर प्रजातन्त्र पुनःस्थापना भएपछि सन् १९९० मा कृष्ण पहाडीको नेतृत्वमा एम्नेष्टी इन्टरनेशनल नेपाल पनि पुनःस्थापना गरिएको थियो । पछि सिके राउतको अभिव्यक्तिको विषयमा विवाद भएपछि उहाँले एम्नेष्टीबाट राजीनामा गर्नुभयो ।
हाल नेपाल सहित ८० हाराहारी देशमा एम्नेष्टी इन्टरनेशनलका शाखा छन् । त्यस्तै १५० बढी देशका नागरिकहरु यसका सदस्य छन् । ७ वटा देशमा प्रादेशिक कार्यालय र अन्तर्राष्ट्रिय सचिवालय छन् । त्यस्तै यसका विश्वमा ७ हजार ५ सय बढी समुह छन् । एम्नेष्टीले मुख्यतया कुनैपनि विषयमा अन्तर्राष्ट्रिय एक्यवद्धता कायम गर्ने गरेको छ । यो विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था हो । त्यस्तै नेपालमा एम्नेष्टी इन्टरनेशनल नेपाल मातहत सरदर ८०÷८५ वटा समुह छन् भने ९  हजारको हाराहारी सदस्य संख्या छ ।
यति ठूलो ईतिहास बोकेको संस्थाको बारेमा नयाँ सदस्यहरुलाई जानकारी गराउनको लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको समुहका  पुर्व संयोजक मुकुन्द ढुंगानाले  बताउनु भयो । उहाँले अरु संस्थाले जस्तो अनुसन्धान बिना नै धारणा व्यक्त नगर्ने भएकाले एम्नेष्टीले केही गर्दैनकी जस्तो देखिए पनि त्यस्तो नभएको र एम्नेष्टीले धेरै परिणाम दिएको दावी गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि देखि बिशेष अतिथि र अतिथिले एम्नेष्टी इन्टरनेशनल बारे आ-आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल नेपाल समुह–५३  मिडिया ग्रुपले गरेको प्रशिक्षण कार्यक्रमको  प्रमुख अतिथि पुर्व मन्त्री रामकुमार श्रेष्ठले सम्पूर्ण नयाँ सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । एम्नेष्टी इन्टरनेशनल नेपालका केन्द्रीय अध्यक्ष बिक्रम धुकुछले एम्नेष्टी इन्टरनेशनलका गतिबिधिबारे प्रष्ट धारणा राख्नुभएको थियो। कार्यक्रममा पुर्व अध्यक्ष राजन कुइकेलले नेपाल र विदेशमा हुने गतिबिधि सहित संसारको सबै भन्दा ठुलो सस्थाको रुपमा एम्नेष्टीलाइ परिचित गराएका थिए । प्रशिक्षण कार्यक्रम एम्नेष्टी इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक अस्मिता सापकोटा र शिक्षा अधिकृत अर्पना श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रम संचालन सचिव सुमित्रा रंजितले गर्नुभएको थियो भने कोषाध्यक्ष हेमा गुरुङले कार्यक्रमको ब्यबस्थापन गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा सहभागी संख्या ८० जनाको उपस्थिति रहेको थियो । सायद Dhanu Sinjali Shrestha र Mukunda Dhungana सहित ५ जना मानिसहरू तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छ सायद Sumi Ranjit, Simran Gurung, Pramila Lamichhane र Mukunda Dhungana सहितका ७ जना तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद Sumi Ranjit, Simran Gurung, Shanti Gurung र Mukunda Dhungana सहितका ७ जना तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद Anil Thapa, Sumi Ranjit र Dhanu Sinjali Shrestha सहित ८ जना मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद Simran Gurung, Raz Shrestha र Mukunda Dhungana सहित ६ जना मानिसहरू तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद Mukunda Dhungana सहित ५ जना मानिसहरू तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद १९ people, including Raz Shrestha, Pramila Lamichhane, Shanti Gurung, Sumi Ranjit, Dhanu Sinjali Shrestha, Mukunda Dhungana and Simran Gurung तथा उभिएका मानिसहरू को तस्बिर हुनसक्छसायद Nanu Ghimire Bhandari र Anjana Bohora सहित २० जना मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद एक वा थप मानिसहरू तथा 'AMNESTY INTERNATIONAL एम्नेस्टी इन्टरनेसनल नेपाल प्रशिक्षण कार्यक्रम मिति: २०७८ कार्तिक १२ गते, शुक्रबार समय: दिऊँसो १:३० बजे स्थान: नेपाल हाउस रेष्टुरेण्ट बालुवाटार, काठमाडी AMNESTY INTERNATIONAL एम्नेस्टी इन्टरनेसनल नेपाल मिडिया ग्रुप-पु३, काठमाडौ' भन्ने पाठ को तस्बिर हुनसक्छसायद २ जना मानिसहरू, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छसायद Shanti Gurung र Dhanu Sinjali Shrestha सहित ११ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१