हनिमुन बिथोलेको भन्दै दम्पतीले होटललाई तिराए क्षतिपुर्ती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०७८, आईतवार ०५:४९

एजेन्सी । दुई नवदम्पतीको हनिमुन बिथोलेको भन्दै एक होटललाई जरिवाना तिराइएको छ । भारतको चण्डीगढको उपभोक्ता विवाद निवारण आयोगले मनालीको एक होटललाई जरिवाना तिराउन लगाएको हो । दम्पतीले आयोगमा उजुरी दिएका थिए । उनीहरुले ट्राभल टाकिज फर्मको माध्यमबाट हनिमुन प्याकेज बुक गरेका थिए । तर त्यहाँ उनीहरुले बुक गराए बमोजिमको कुनै सुबिधा नपाएपछि आयोगमा उजुरी गरेका हुन् ।

उजुरीमा ट्राभल फर्मले उनीहरुलाई लोभ्याउनका लागि बल्कोनीको दृष्य सहितको होटलका केही तस्विर देखाएको थियो । उनीहरुले चार जनाका लागि दुई कोठा बुक पनि गरेका थिए । जब उनीहरु होटल भित्र छिरे तब उनीहरुलाई बेग्लाबेग्लै कोठाहरु दिइयो र अन्य सुबिधाहरु पनि उपलब्ध थिएन ।

दम्पतीले ट्राभल फर्म विरुद्ध उजुरी दिए तर फर्मले उदासिनता देखायो । होटलले कोठा बदल्न इन्कार गरे पछि उनीहरु तनावमा परे । अन्त्यमा उजुरीकर्ताले अर्को होटलमा जाने फैसला गरे र उनीहरुले आयोगमा उजुरी दिए । आयोगले उक्त फर्म र होटललाई हनिमुन बिथोलेकोमा जरिवानासहितको क्षतिपुर्ती दिलायो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१