माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राखे जसपासँग पार्टी एकताको प्रस्ताव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०७८, आईतवार ०५:३८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादीसँग पार्टी एकताको प्रस्ताव राखेका छन् ।

प्रचण्डले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पार्टी एकीकरणको लागि आग्रह गरेका हुन् । शनिबार सर्लाहीमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले क्षेत्रीय पार्टीबाट मधेसी र पहाडी जनताको मुक्ति हुन नसक्ने भन्दै यस्तो आग्रह गरेका छन् ।

आफूसँगै उपस्थित जसपाका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै भने, ‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौं, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?’

प्रचण्डले एकताको प्रक्रिया अघि बढाउन ढिलो नगर्न पनि जसपालाई आग्रह गरे । ‘म तपाईंहरू (उपेन्द्र यादव र महिन्द्रराय यादव)लाई आग्रह गर्छु, ढिलो नगरी पार्टी एकता गरौँ, ढुक्कै, किन बेकारमा अलग्गै टाकुरो बनाएर बस्ने ? पार्टी एकता गरेर महासागर बनाऔँ,’ प्रचण्डले भने ।

‘तपाईंहरू ढिलो नगर्नुस्, तपाईंहरूलाई चाहिने सम्मान र अधिकार दिन हामी कन्जुस्याइँ गर्नेवाला छैनौँ,’ उनले भने, ‘म कस्तो मान्छे हो र माओवादी पार्टी कस्तो हो भन्ने कुरा उपेन्द्र र महिन्द्रजीलाई राम्रोसँग थाहा छ ।’

प्रतिक्रिया