प्रधानन्यायाधीशलाई जसरीपनि घुडा टेकाउने बार एशोसिएसनको यस्तो छ तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ कार्तिक २०७८, सोमबार ०४:४७

काठमाडौ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जसरीपनि घुडा टेकाउने रणनीति लिएको छ ।

बारका पदाधिकारीहरुले न्यायालय सुधारको एजेण्डामा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा आफैले मार्ग प्रशस्त गर्नुपर्ने माग राख्दै आएको छ ।

उक्त माग लिएर आज प्रधानन्यायाधीशसँग केही घण्टा बारका पदाधिकारीहरुले छलफल गरेका थिए ।

छलफलमा अदालतको विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि सुझाव दिन न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा गठित समितिले स्वचालित पद्धति (अटोमेसन) बाट मुद्दाको पेशी व्यवस्थापन गर्न र अटोमेसनमा नजाँदासम्म गोला प्रथाबाट पेशी तोक्न दिएको सुझाव पालना गर्न प्रधानन्यायाधीश तयार हुनुभयो ।

 

तर उहाँको त्यो प्रतिवद्धताले मात्र बारका पदाधिकारी सन्तुष्ट भएका छैनन् । उनीहरुले राजीनामा दिएर मार्ग प्रशस्त गर्न संकेत गरिसकेका छन् ।

यो मागमा प्रधानन्यायाधीश सकारात्मक नरहेका कारण बारले अर्को रणनीति बनाएको देखिन्छ । आइतबार भएको छलफलका क्रममा कतिपय विषयमा प्रधानन्यायाधीशसँग आश्वस्त हुन नसकेको बार एशोसिएसनले बताएको छ ।

अब भोलि सर्वोच्चका सबै न्यायाधीश र नेपाल बार एशोसिएसनका पदाधिधिकारीबीच छलफल हुने महासचिव लीलामणि पौडेलले बताउनुभयो । यसपछि एउटा निर्णय लिइने बताइएको छ ।

उता सबै न्यायाधीशहरुपनि छलफलमा हुनुहुन्छ । उहाँहरुले इजलास बहिस्कार गर्ने सम्मका निर्णय लिएर प्रधानन्यायाधीशलाई जसरीपनि राजीनामा गराउने योजना लिनुभएको छ ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा नभई न्यायालयको सुधार आफूहरुको एजेण्डा भएको बताउनुभयो ।

यसका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाई छ । बारका पदाधिकारीहरुले आइतबार प्रधानन्यायाधीश जबरालाई भेटेपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले अहिलेसम्म आफूहरुले राजीनामालाई एजेण्डा नबनाएको स्पष्ट पार्नुभयो ।

तर प्रधानन्यायाधीशले राजीनामा दिँदा समस्या समाधान हुन्छ भने त्यसमा पनि जाने भन्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘राजीनामा दिएर समाधान हुने हो भने जानुपर्ला ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१