फुलकोर्ट बहिष्कार गर्ने १४ जना न्यायाधीशको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ कार्तिक २०७८, सोमबार ०४:३१

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् ।

आइतबार प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेका हुन् । एक न्यायाधीशले आइतबार बसेको १४ न्यायाधीशको बैठकले भोलिको फुलकोर्टमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको बताए ।

यसअघि जबराले आइतबारै नेपाल बार एसोसिएसनसँगको छलफलमा भोलि फुलकोर्ट बोलाउने र त्यसमा बारका प्रतिनिधि पनि सहभागी गराउने जनाएको थियो ।

मन्त्रिपरिषद्‌मा भाग मागेको र विकृतिविहीन न्यायालय सम्बन्धी अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन नगरेको लगायतका विषयमा प्रधानन्यायाधीश जबरा विवादित बनेछन् ।

बारसँगको छलफलमा आफूले गल्ती गरेको ठाउँमा माफी माग्न तयार रहेको उनले बताएपनि सर्वोच्चकै न्यायाधीश उनको विपक्षमा देखिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१