पार्टी अवैध भइसक्यो, देउवालाई सभापति मान्न कोही बाध्य छैन : रामचन्द्र पौडेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ कार्तिक २०७८, आईतवार ०५:३०

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको हालतको कमिटी अवैध भइसकेको दावी गर्नुभएको छ ।

पार्टीले वैधानिकता गुमाइसकेको र अहिले निर्वाचन आयोगको निगाहामा मात्र बाँचिरहेको टिप्पणी गर्नुभएको हो । अब सभापति शेरबहादुर देउवालाई पार्टी सभापति मानेर रहन कोही बाध्य नहुँने उहाँको घोषणा छ ।

शनिबार कैलालीमा आयोजित कार्यक्रममा पौडेलले पार्टी विधान अनुसार केन्द्रीय समितिको कार्यकाल ४ वर्षको हुने र असाधारण अवस्थामा १ वर्ष थप गर्न पाइने समय पनि पूरा भइसकेकाले अवैध भएको उहाँको बुझाई छ ।

‘पार्टी विधानले ४ वर्ष कार्यकाल तोकेको छ । असाधारण अवस्थामा बढीमा १ वर्ष थप्न पाइने भनेको छ, त्यो पनि गइसक्यो । विधान अनुसार हामी अवैध भइसक्यौं’ उहाँले भन्नुभयो ।

पार्टी विधानमात्र नभई देशको संविधान अनुसार पनि कांग्रेसले वैधानिकता गुमाएको पौडेलको भनाई छ । संविधानले पनि राजनीतिक दलले ५ वर्ष ६ महिनाभित्र नयाँ नेतृत्व चयन नगरे अवैध हुने व्यवस्था गरेको पौडेलको दावी छ । कांग्रेस वैधानिकताको सबै बाटो सकिएर अहिले निर्वाचन आयोगको निगाहामा बाँचेको उहाँको भनाई छ ।

आफूले शनिबार मात्र निर्वाचन आयोगका आयुक्तसँग कुराकानी गरेको भन्दै पौडेलले मंसिरको ९ देखि १३ सम्म निर्वाचन गरेर नयाँ नेतृत्व चयन नगरे कारबाही हुनसक्ने जानकारी पाएको बताउनुभयो ।

‘मंसिरमा निर्वाचन प्रक्रिया अगाडि बढाउनुभएको छ, त्यो मितिसम्म प्रतीक्षा गर्छौं । त्यसपछि हामी ठूलो पार्टी सानो पार्टी भन्ने वाला छैनौं, कुनै छुट हुने छैन भन्नुभएको छ’ पौडेलले जानकारी दिनुभयो ।

उहाँले मंसिर १३ गतेसम्म नयाँ पदाधिकारी नचुनिए पार्टी आगामी चुनावबाट वञ्चित हुन सक्ने उहाँले बताउनुभयो ।

‘पार्टीलाई अवैध अवस्थामा राखेर टिकट बाँड्ने खेल गर्ने ? यस्तो सपना देख्ने ? यो प्रवृत्तिबाट नेपाललाई जोगाउनुपर्छ’ पौडेलले भन्नुभयो । सभापति शेरबहादुर देउवाका कारण पार्टीमा यो स्थिति आएको पौडेलको आरोप छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१