मुम्बई : बलिउड अभिनेत्री सोनाक्षी सिन्हा हेर्दा जति सोझी र शालीन देखिन्छिन्, त्यत्तिकै रिसाहा पनि छिन्। उनलाई सितिमिति रिस नउठ्ने उठेपछि थाम्नै नसक्ने आफैंले सुलासा गरेकी छन्।
थाम्नै नसक्ने गरी उनलाई रिस उठाउने खास विषय हो, अरूलाई बेइज्जत गर्ने प्रवृत्ति। ‘जब मलाई रिस उठ्छ, कसैको कुरा सुन्न सक्दिनँ। रिसाएपछि आफूलाई नियन्त्रण गर्न गाह्रो हुन्छ’, उनले भनेकी छन्।
सोनाक्षीका अनुसार, उनको जीवनमा धेरै त्यस्ता मानिस भेटेकी छन्, उनीहरू सानो कुरालाई लिएर अर्काको बेइज्जत गर्न खोज्छन्। ‘यदि कोही प्रभावशाली व्यक्ति हो भने यस्तो गलत व्यवहार किन गर्ने?’ उनले प्रश्न गरेकी छन्।
सोनाक्षीको विचारमा, आफूमात्रै ठूलो बन्न खोज्नु राम्रो हैन। यदि कोही आफूलाई महान् सम्झन्छ भने अरूलाई आदर गर्न जान्नुपर्छ। ‘तपाईं जति नै महान् भए पनि अरूलाई सम्मान गर्न सक्नुहुन्न भने त्यो महानताको कुनै अर्थ हुँदैन। अरूको प्रतिष्ठामा ठेस पु:याउँदैमा कोही मान्छे ठूलो हुन सक्दैन।’
प्रतिक्रिया