विवादमा पर्ने र बदनाम हुने काम नगर्न मन्त्रीलाई माधव नेपालको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ आश्विन २०७८, सोमबार ०५:३९

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई विवादित र बदनाम हुने कुनैपनि काम नगर्न निर्देशन दिनुभएको छ ।

मन्त्रीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर अध्यक्ष नेपालले पदीय मर्यादा र गरिमा विपरीतका काम नगर्न निर्देशन दिनुभएको हो । ‘बदनामी कमाउने र विवादमा पर्ने कुनै पनि कामहरु तपाईंहरुबाट हुने छैन भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ । स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्नुहुनेछ’ भन्नेमा मेरो विश्वास छ उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘यो मन्त्रीहरु मापसे खाएर मात्तिए, बेलुका बेलुका फाइभस्टार होटलमा गएर मापसे गरिरहेका छन् र आफ्नो क्लाइन्टहरु सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस् ।

सिधा कुरा, मापसे गर्ने बानी छ भने बानी त्याग्नुस् । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरु सुन्नु नपरोस् ।’

पीए र सल्लाहकार नियुक्त गर्दा पार्टीको परामर्शमा नियुक्त गर्न पनि अध्यक्ष नेपालले निर्देशन दिनुभयो ।

उहाँले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको थियो । निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिबाट मुक्त हुन पनि मन्त्रीहरुलाई सचेत गराउनुभयो ।

‘तपाईंहरुले इमान्दारिताका साथ, कर्तव्यनिष्ठताका साथ आफ्नो काम सम्पादन गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं’ उहाँले भन्नुभयो, ‘‘जुन संस्थाको जिम्मेवारी तपाईंहरुले सम्हालिरहनुभएको छ, त्यो संस्थाको हितलाई केन्द्रबिन्दूमा राखेर, अनि जनताको हितलाई केन्द्रविन्दुमा राखेर तपाईंंहरुले काम गर्नु हुनेछ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१