मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा अझै जुटेन सहमति !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ आश्विन २०७८, शुक्रबार ०६:०४

काठमाडौं । मन्त्रीपरिषद्लाई पूर्णता दिनेबारे आज बालुवाटारमा बसेको सत्ता गठबनधनको बैठक निष्कर्षमा नपुगी सकिएको छ । आज (विहिबार) हुने भनिएको मन्त्रीपरिषद् विस्तारको समय धकेलिएको छ ।

मन्त्रालय र मन्त्रीहरुको नाम टुंग्याउन बसेको सत्ता गठबन्धनको बिहीबारको बैठक सहमति नजुटाइ टुँगिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले लामो समयसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा आलोचना खेप्दै आएका छन् । गत मंगलबार नै मन्त्रालयको भागबण्डा टुंगिएको बताइएको थिया । तर एकीकृत समाजवादीभित्र असन्तुष्टि सिर्जना भएपछि मन्त्रीपरिषद् विस्तार अझै लम्बिएको छ ।

तर आजको बैठकले भने प्रदेश १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरेको छ । ती प्रदेशमा अहिले एमालेका मुख्यमन्त्रीहरु छन् ।

केही दिनभित्रै विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका उनीहरु अल्पमतमा छन् । एक नेताका अनुसार त्यसको प्रतिस्थापनस्वरुप नयाँ मुख्यमन्त्रीहरु एकीकृत समाजवादीबाट बनाउने सहमति भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१