सत्ता गठबन्धनमा सहमति : स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीलाई, कांग्रेसलाई कानून मन्त्रालय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ आश्विन २०७८, शुक्रबार ०५:५८

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने भएको छ । मन्त्रालय भागबन्डाबारे समाजवादीका नेताहरुले असन्तुष्टि जनाएपछि कांग्रेसले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय लिएर स्वास्थ्य दिने सहमति भएको हो ।

अब समाजवादीले स्वास्थ्यसँगै शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ । मन्त्रालय भागबन्डामा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएपछि आज प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो ।

यसघि नेकपा (एस)लाई रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने सहमति भएको थियो ।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालय भागबन्डाबारे छलफल भइ लगभग सहमति भएको थियो । त्यसक्रममा नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ७, नेकपा (माओवादी केन्द्र)ले ६ र जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीले ४/४ वटा मन्त्रालय पाउने गरी कुराकानी भएको थियो । तर, आफ्नो भागमा थोरै मन्त्रालय भाग लगाएको भन्दै माधव नेपालले पनि असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१