मन्त्रीको टुंगो लगाउन कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ आश्विन २०७८, बिहीबार ०५:५९

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बालुवाटारमा सुरु भएको छ । आफ्नो दलबाट मन्त्री चयन गर्नका लागि पदाधिकारी बैठक बसिरहेको छ ।

पदाधिकारी बैठकअघि संस्थापनइतरका दुई पक्षका नेताहरुले छुट्टाछुट्टै छलफल गरेका थिए , वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु उनको निवास बोहराटारमा छलफल गरी बालुवाटार पुगेका छन् । त्यस्तै, नेता कृष्णप्रसाद सिटौला पक्षको बैठक जमलमा बसेको थियो ।

कांग्रेसको भागमा रहेको तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूनिकट मन्त्री बनाइसकेका छन् । संस्थापनइतरका भागमा ३ मन्त्रालय परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या, सञ्चार र महिला तथा बालबालिका मन्त्रालय कांग्रेसको भागमा परेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१