जसपाको भागमा चार मन्त्रालय, को-को बन्दैछन् मन्त्री ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० आश्विन २०७८, बुधबार ०५:३७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले चारवटा मन्त्रालय पाएको छ । सत्ता साझेदार दल जसपाले भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको हो ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धन दलको बैठक बसेको थियो । पार्टीका नेता राजकिशोर यादवका अनुसार बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निर्णय गरेको पार्टी संसदीय दलको नेतासमेत रहेका अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठकमा जानकारी गराएका हुन् । पार्टीको भागमा परेको मन्त्रालयमा क–कसलाई पठाउने भनेर टुंगो लगाउने जिम्मेवारी पार्टीका अध्यक्ष यादलाई दिइएको छ ।

अध्यक्ष यादवले भोलि कार्यकारिणी समितिको बैठक बोलाएका छन् । कार्यकारिणी समितिबाट पनि मन्त्रीको नाम चयन गर्ने बारेमा म्याण्डेट लिइने जनाइएको छ ।

वर्तमान सरकारमा जसपा अध्यक्ष यादव भने सहभागी नहुने भएका छन् । एक सांसदका अनुसार जसपाको भागमा चार मन्त्रालय मात्र परेको हुनाले यादव सरकारमा नजाने लगभग निश्चित भएको हो । उपप्रधानमन्त्री सहित चारवटा मन्त्रालय दिएको भए यादवको सरकारले जाने सम्भावना थियो । तर उपप्रधानमन्त्री नपाएपछि उनी आफै सरकारमा नजाने लगभग पक्का भएको स्रोतको भनाई छ ।

पार्टीका शीर्ष नेता डा.बाबुराम भट्टराई, महेन्द्र राय यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ पनि सरकारमा नजाने कुराकानी भएको बताइएको छ । उनीहरुले सरकार र संगठनमाथि निगरानी गर्ने छलफलमा उठेको ती सांसदको भनाई छ । तर भोलि कार्यकारिणी समितिको बैठकमा पनि छलफल भएपछि यादवले अन्तिम निर्णय लिने भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१