यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० आश्विन २०७८, बुधबार ०५:३५

काठमाडौं । सरकारले असंलग्न आन्दोलनको कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले यही २४ देखि २८ असोजसम्म हुने असंलग्न आन्दोलन, कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा. खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, बैठकले नेपाल प्रशासन सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)मा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय पनि गरेको छ ।

उनका अनुसार बैठकले रोजगार अनुमति प्रणाली संचालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका, २०७८ लाई स्वीकृत गरेको छ ।

यस्तै, वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्याधिवक्ता डा। गोपीचन्द्र भट्टराईलाई र ऋण असुली न्यायाधीकरणको कानुन सदस्य पदमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्त गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

विद्युतीय राहदानीको बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरू स्वीकृत गर्ने निर्णयसमेत गरेको उनले बताए ।

प्रतिक्रिया