कालोबजारी रोक्नका लागि बजार अनुगमन प्रभाकारी बनाउन सरकारलाई निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० आश्विन २०७८, बुधबार ०५:२९

काठमाडौँ । संघीय संसद अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले चाडपर्वका बेला हुनसक्ने अभाव र कालोबजारीलाइ रोक्नका लागि बजार अनुगमलाई नियमित र प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले चाडपर्वको समयमा हुने उपभोग्य वस्तुको कृत्रिम अभाव तथा मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै, बैठकले सर्वसाधारणको सहजताका लागि अन्य स्थानमा पनि सुपथ मूल्य पसलको विस्तार गर्न निर्देशन दिइएको समिति सभापति दिलकुमारी रावलले बताइन् ।

बैठकले चाडपर्वका बेला यातायात व्यवसायीले तोकिएभन्दा बढी भाडा लिने, क्षमताभन्दा बढी यात्रु बोक्ने जस्ता कार्यलाइ नियन्त्रण गर्न र सहज रुपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन पनि निर्देशन दिइको सभापति रावलले बताइन् । उनले कोरोनाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य मापदण्ड पालनाका लागि सर्वसाधारणलाई अपिल गरिएको धारणा राखिन् ।

बैठकमा समिति सदस्यहरुले चाडपर्वको समयमामा सर्वधारण ठगिने र मूल्यवृद्धि हुने गरेकाले यसलाई नियन्त्रण गर्नका लागि सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१