पर्यटन व्यवसायी थपलियालाई विद्यावारिधि उपाधि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०७८, मंगलवार ०५:३०

काठमाडौं । नेपाली पर्यटन वृत्तमा एक जना पीएचडी डाक्टर थपिएका छन् । वरिष्ठ पर्यटन व्यवसायी रामशरण थपलियाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका हुन ।

थपलियाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र अन्तर्गत “The Role of Nepali political parties in democracy Building” विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका हुन् । उनले प्रस्तुत गरेको उक्त विषयको शोध प्रबन्धलाई त्रिभुवन विश्वविद्यालयको रिसर्च कमिटीले आइतबार स्वीकार गरेको हो ।

सो अवसरमा उनले पर्यवेक्षक प्रा.डा. रवीन्द्र खनाल, सह–पर्यवेक्षक प्रा. डा. गेहेन्द्रलाल मल्ल, रेक्टर प्रा.डा. शिवलाल भुसाल, डिन प्रा.डा. कुसुम शाक्य लगायत अनुसन्धानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई विशेष धन्यवाद व्यक्त गरेका छन् ।

ठमेल पर्यटन विकास परिषद् पूर्वअध्यक्ष थपलिया विगत लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशिल छन् । उनले थुप्रै पर्यटकीय संघसंस्थामा नेतृत्वदायी भूमिका रहेर काम गरिसकेका छन् । उनी अधिवक्ता समेत हुन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०