‘लिभिङ टुगेदर’लाई कानुनी मान्यता दिनुपर्छ : मातृका यादव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०७८, मंगलवार ०५:१९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद् मातृका यादवले ‘लिभिङ टुगेदर’लाई कानुनी मान्यता दिनुपर्ने बताएका छन् ।

सोमबार कानुन, न्याय तथा मानवअधिकार समितिमा भएको छलफलमा बोल्दै सांसद् यादवले लिभिङ टुगेदरलाई कानुनी रुपमा दर्ता गर्नुपर्ने बताएका हुन् ।

लिभिङ टुगेदर अस्थायी विवाह भएको भन्दै उनले भने,“लिभिङ टुगेदरको पनि दर्ता गरियोस् । यो अस्थायी बिहे हो । चोरी–चोरीकन बस्छन् र अपराध हुन्छ । यी विषयहरुलाई क्लियर गर्नुपर्छ ।”

उनले विवाहको उमेर पनि घटाउनुपर्ने बताए । उनले पहाडमा नघटाए पनि मधेसमा चाहिँ विवाह गर्ने उमेर घटाउनै पर्ने बताए । “पहाडमा त के हो के हो ! हाम्रो मधेसमा त गरिबी छ । त्यसैले मधेसमा चाहिँ विवाहको उमेर घटाउनैपर्छ ।,” उनले भने ।

मुलुकी देवानी संहिता २०७४ मा केटा र केटी दुवैका लागि विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१