काठमाडौं । देउवा सरकारले एकैपटक ४४ उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारका गृह मन्त्रालय लगायत अन्य निकायमा कार्यरत ४४ जना उपसचिवको सरुवा गरेको हो ।
सरुवा हुने उपसचिवको सूचीमा अन्य निकायबाट १६ जना उपसचिव गृह मन्त्रालय तानिएका छन् भने गृह मातहतका १६ उपसचिव अन्य निकायमा पठाइएका छन् ।े
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले गृह बाहेकका १२ उपसचिव संघ, प्रदेश र स्थानीय तहका विभिन्न निकायमा सरुवा गरेको हो ।
प्रतिक्रिया