सरकारद्वारा गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ आश्विन २०७८, मंगलवार ०६:०१

काठमाडाैं । मन्त्रिपरिषद बैठकले गुल्मीका विष्णु प्रसाद सुवेदीलाई गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले गोरखापत्र संस्थानको कार्यकारी नियुक्ती गर्ने निर्णय गरेको हो ।

त्यसैगरि सरकारले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरुको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय संघीय संसदसमक्ष पेश गर्न स्वीकृती दिएको छ । मन्त्रिपरिषदले समाजकल्याण परिषदका पदाधिकारीहरुले दिएको राजीनामा पनि स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । मन्त्रिपरिषद बैठकले गरेका थप निर्णयहरू यसप्रकार छन् :

समाजकल्याण परिषदका उपाध्यक्ष पद्मप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी, सदस्यसचिव पुष्कर खाती तथा सदस्यहरु मणिराम बञ्जाडे,गोविन्द बहादुर शाही, नानीमाया थापा, ब्रम्हध्वज गुरुङ र शुशीला ज्ञवालीको राजीनामा स्वीकृत गर्ने ।
वीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने ।
नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।
रासायनिक मल नियन्त्रण, दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने ।
तेजाव लगायतका घातक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृत दिने ।
शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माण गर्न सरकारी जग्गा लिजमा उपलव्ध गराउने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१