वर्षाले क्षति पुर्‍याएका सडक दशैंअघि नै मर्मत गर्न संसदीय समितिको निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ आश्विन २०७८, सोमबार ०५:२५

काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले वर्षाले क्षति पुर्‍याएका सडकहरुलाई दशैंअघि नै मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समितिको बैठकले वर्षाका कारण क्षति भएका सडकहरुको निर्माण तत्काल सम्पन्न गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले कोरोना महामारीलाई मध्यनजर गर्दै सवारीसाधनमा सिट क्षमताअनुसार यात्रु राख्न, लामो दूरीमा चल्ने यात्रुहरुको भाडादर देखिने ठाउँमा टाँस्न, भौतिक रुपमा टिकट काट्ने व्यवस्था हटाई अनलाइन प्रणालीबाट बुकिङको व्यवस्था गर्न र अनलाइनबाट टिकट खरिद गर्दा भाडादरमा केही छुट गर्न लगायतका विषयको प्रभावकारी अनुगमन गर्न यातायात मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणीकुमारी खड्काले बताइन् ।

५० करोड रुपैयाँभन्दा बढी लागत भएका आयोजनाहरुलाई मात्र वार्षिक आयोजनाको रुपमा कार्यान्वयन गर्ने गरी बनाइएको मापदण्डले पूर्वाधार विकासमा आवश्यक रहेका धेरै आयोजना कार्यान्वयन नहुने र अव्यावहारिक हुने भएकोले सो मापदण्ड तत्काल पुनरावेदन गर्ने व्यवस्था मिलाउन समितिले यातायात मन्त्रालयलाई निर्देशन दिएको उनले बताइन् ।

सम्बन्धित मन्त्रालयअन्तर्गतका निर्माणाधीन अवस्थामा रहेका सडक, वैकल्पिक सडक, तथा पूर्वाधार विकासका काम आवश्यक स्रोत निश्चित गरी समयमै सम्पन्न गर्न यातायात मन्त्रालयलाई निर्देशन दिएका छन् ।

सभापति खड्काले पाँच दिन यात्रुहरुको सहजताका लागि सवारीसाधन चेकजाँच नगरी सहज सुविधा दिने निर्णयलाई एक साता बनाउन पनि सरकारलाई सचेत गराएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१