२४ घण्टामा थप ८३४ संक्रमित, ९ जनाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ आश्विन २०७८, सोमबार ०५:१३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको आठ हजार ५८९ जनाको पीसीआर र पाँच हजार १४७ जनाको एन्टिजेन गरी १३ हजार ७३६ जनामा गरिएको परीक्षणका क्रममा ८३४ जनामा संक्रमण पुष्टि भएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १९ हजार १४२ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा ९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१