”’जापानमा माउण्ट ओटेक ज्वालामुखी विष्फोट, ३० को मृत्यु ”’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ आश्विन २०७१, आईतवार १८:१५

 

जापानमा माउण्ट ओटेक ज्वालामुखी विष्फोट, ३० को मृत्यु काठमाडौं, आश्विन १२ । जापानमा माउण्ट ओटेक ज्वालामुखी विष्फोटमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ । माउण्ट ओन्टेकको शिखर नजिक अचेत अवस्थामा भेटिएका ३० जना यात्रु चिकित्सकिय जांच पनि मृत घोषित भएका हुन् । ज्वालामुखी विष्फोट हुंदा पर्यटकिय आकर्षण मानिने त्यस क्षेत्रमा फसेका २ सय ५० जनालाई सुरक्षित निकालिएको अधिकारीहरुले जनाएका छन् । राजधानी टोकियोबाट २ सय किलोमिटर पश्चिममा अवस्थित माउण्ट ओटेक ज्वालामुखी स्थानिय समय अनुसार शनिवार विहान सक्रिय भएको थियो । ज्वालामुखी विष्फोटका सम्बन्धमा कुनै पूर्व सुचना जारी गरिएको थिएन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१