नेपाली धावक गोपिचन्द पार्की जर्मनी जाँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ आश्विन २०७८, बिहीबार ०५:४४

काठमाडौँ । जर्मनीमा आयोजना हुने बर्लिन म्याराथनमा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीलाई बिदाइ गरिएको छ ।

नेपालगञ्ज म्याराथनले मंगलबार काठमाडौँमा धावक पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपालगञ्ज म्याराथनका टिएस ठकुरीलगायतले उनीहरुलाई बिदाइ गरे । बिदाइमा उनीहरुलाई ट्रयाक सुट प्रदान गरिएको थियो ।

बिदाइमा बोल्दै धावक पार्कीले उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाए । यस म्याराथनको महत्व छुट्टै रहेको भन्दै उनले सहभागिता जनाउन पाउँदा खुसी रहेको धारणा राखे ।

विश्व चर्चित बर्लिन म्याराथन जर्मनीको बर्लिनमा सेप्टेम्बर २९ मा हुने छ । पार्की पछिल्लो संस्करणको नेपालगञ्ज म्याराथनको विजेता हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१