डा. खड्कालाई परराष्ट्र मन्त्री बनाउने बाहेक गठबन्धनमा सहमति जुटेन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७८, बुधबार ०५:१७

काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुको बैठकले परराष्ट्र मन्त्री नेपाली काँग्रेसका नेता डा नारायण खड्कालाई बनाउने निर्णय गरेको छ । मन्त्रीमण्डलमा भागबण्डा मिलाउन मंगलवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

उनले भोलि पद तथा गोपनियताको सपथ लिने बालुवाटार स्रोतले जनाएको छ । अन्य मन्त्रालयबारे गठबन्धनका दलहरुबीच कुनै सहमति हुन सकेको छैन । मंगलवार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउबाबीच गठबन्धनमा रहेका चार दलहरुको बैठक डाक्ने छलफल भएको थियो । लामो समय बितिसक्दा पनि मन्त्रीमण्डल पुरा गर्न नसक्दा सत्तारुढ गठबन्धनको चौतर्फी आलोचना भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, पुस १२, २०८१