प्रमाणपत्र नदेखाउँदा ब्राजिलका राष्ट्रपति न्यूयोर्कको फुटपाथमै खाना खान बाध्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७८, बुधबार ०५:१३

एजेन्सी । अमेरिकामा खोप अभियानलाई कडा गरिएको छ । यसको पछिल्लो उदाहरण न्यूयोर्कमा भएको एक घटनालाई लिन सकिन्छ । अमेरिकाको न्यूयोर्क सहरको एक रेस्टुरेन्टमा ब्राजिलका राष्ट्रपति जायेर बोल्सोनारोले आफूले लगाएको खोप प्रमाणपत्र देखाउन नसक्दा फुटपाथमै खाना खान बाध्य हुनुपरेको छ । अहिले उनको फुटपाथमा राखिएको पिज्जा खाएको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

संसारभरका नेताहरु संयुक्त राष्ट्र संघको महासभाको ७६ औं सत्रमा भाग लिन अमेरिका पुगेका थिए । बोल्सोनारो पनि त्यो समय अमेरिकामै थिए । उनी आइतवार राती ब्राजिलका केही अधिकारीहरुका साथ न्यूयोर्क सहरको एक रेस्टुरेन्टमा पुगेका थिए । उक्त स्थानमा प्रवेश गर्नु अगाडि कोरोना भ्याक्सिनको प्रमाणपत्र देखाउनु पथ्र्यो । उनीहरु मध्ये धेरैसँग प्रमाणपत्र थिएन । सोही कारण उनीहरु रेस्टुरेन्ट भित्र पस्न पाएनन् । सोही कारण उनीहरुले फुटमाथमा पाइने पिज्जा खान बाध्य हुनुपर्यो ।

अमेरिकाको होटल तथा रेस्टुरेन्टमा प्रवेशका लागि कोरोना भ्याक्सिनका सर्टिफिकेट हुनुपर्दथ्यो । रोयटर्सको रिपोर्टका अनुसार राष्ट्रपति बोल्सोनारोले अहिलेसम्म भ्याक्सिन लगाएका छैनन् । उनले आफ्नो प्रतिरोधात्मक क्षमता मजबुत रहेको भन्दै खोप नलगाएको बताइएको छ । बोल्सोनारोको प्रतिनिधि मण्डलमा सहभागी अरु मन्त्रीहरुले न्यूयोर्कको फुटपाथमा पिज्जा खाएको फोटो सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

अमेरिकाले अन्य देशहरुबाट आएका यात्रुहरुका लागि मंगलवार नियम फेरेको छ । अमेरिकाले नयाँ अन्तर्राष्ट्रिय ट्राभल सिस्टमको घोषणा गरेको छ । जसअनुसार दुबै खोप लगाएका यात्रुहरु मात्र अमेरिकामा प्रवेश पाउने उल्लेख छ । कोरोना संक्रमणको शुरुवाती समयमा अमेरिकाले विदेशबाट आएका यात्रुहरुलाई यात्रामा प्रतिवन्ध लगाएको थियो । अब आएर अमेरिकाले यसमा राहतका रुपमा दुबै खोप लगाएकालाई प्रवेश दिएको हो । अमेरिका प्रवेश गर्नेले दुबै भ्याक्सिन लगाएको प्रमाण दिनुपर्ने नियम छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१