तीन वटै प्रतिवेदन मस्यौदा केन्द्रीय कमिटीमा लैजाने एमाले स्थायी समिति बैठकको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०७८, मंगलवार ०५:३४

काठमााडौं । नेकपा एमालेको स्थायी कमिटीमा पेश भएको तीन वटै प्रतिवेदनको मस्यौदा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईले आइतबार र सोमबार बसेको स्थायी कमिटी बैठकमा पेश भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रतिवेदन मस्यौदा केन्द्रीय कमिटी बैठकमा लगिने जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन मस्यौदा, महासचिव ईश्वर पोखरेलले तयार पारेको संगठनात्मक प्रतिवेदन मस्यौदा र उपमहासचिव विष्णुप्रसाद पौडेलले तयार पारेको विधान संशोधन मस्यौदा माथि स्थायी कमिटीमा छलफल भएको छ ।

यी तीन वटै प्रतिवेदन मस्यौदा माथि स्थायी कमिटी सदस्यहरुले राखेको टिप्पणी गरेका थिए । भट्टराईका अनुसार आगामी १५–१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदनहरुमाथि केन्द्रीय सदस्यहरुको समेत सुझाव समेटिनेछ । ८ र ९ असोजमा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

यस्तै एमालेले पार्टीका सबै पदाधिकारी निर्वाचित गर्ने निर्णय गरेको छ । यसअघि अध्यक्ष बाहेकका पदाधिकारी केन्द्रीय कमिटीबाट मनोनयन गर्ने व्यवस्था सहितको प्रस्ताव ल्याइएको थियो ।

विधान महाधिवशेनमा पेश गर्ने प्रतिवेदनबारे छलफल गर्न दुई दिन चलेको थियो । भट्टराईका अनुसार पछिल्लो पटक आएको विधान संसोधन सम्बन्धी प्रस्ताव मुलतः नवौं महाधिवेशनकै निरन्तरता भएको हो ।

‘नवौं राष्ट्रिय माहाधिवेशनकै निरन्तरता छ,’ उनले भने, ‘संघीयता अनुसारको विधान पनि आएको छ । अहिले सबै पदाधिकारी हलबाट निर्वाचित हुने भन्ने प्रस्ताव छ। त्यसलाई हामीले कायम राखेका छौं।’

अध्यक्ष मात्रै निर्वाचित हुने व्यवस्थाप्रति पार्टी भित्रै असन्तुष्टि बढेपछि पुरानै संरचना कायम गरिएको उनले बताए । भट्टराईले उपाध्यक्ष तीन जना मात्रै रहेन व्यवस्था नयाँ प्रतिवेदनमा गरिएको जानकारी दिए । यसअघि ७ जना उपाध्यक्ष रहने प्रस्ताव गरिएको थियो ।

हिजोदेखि आजसम्म चलेको बैठकले विधान महाधिवेशनमा पेश गर्ने तीन प्रतिवदेनमा स्थायी कमिटी सदस्यहरुले लिखित र मौखिक धारणा राखेका थिए ।

प्रतिक्रिया